सीएफएमओटीओ ४५० एमटी उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नेपालमा लञ्च

सीएफएमओटीओ ४५० एमटी उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नेपालमा लञ्च

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । नेपाली बजारमा सीएफएमओटीओ ४५० एमटी उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल उपलब्ध भएको छ । ऋषि ट्रेड सेन्टरद्वारा वितरण गरिने ४५० एमटीले नेपालभरका मोटरसाइकल प्रेमीको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिनेछ । यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधाले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ ।

अत्याधुनिक पावर र पर्फर्मेन्स
४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ४४ हर्सपावर ९५०० आरपिएममा र ४४ एनएमको टर्क ७६०० आरपीएममा दिन्छ । शहरमा क्रुज गर्दा होस् या कुनै उबड–खाबड भूभाग, ४५० एमटीले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाइ फेन्डरमा उपलब्ध छ ।

स्लिम र आक्रामक डिजाइन
४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थितिलाई स्ट्यान्डआउट बनाउँछ । पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित, ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो, जसको तौल जम्मा १७५ केजी रहेको छ । साथै बाइक बिओएससिएच एबिएस र टिसिएचले पनि सुसज्जित छ ।

अत्याधुनिक प्रविधि र सुविधाहरू
सिएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल टीएफटी ६ इन्चको डिस्प्ले रहेको छ, जसमा बाइकको सबै जानकारी जस्तैः स्पीड, फ्युल लेभल, ट्रिप इन्फो डिस्प्लेमा हुनेछन् । डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहनाअनुसार बदल्न सक्नेछन्, ताकि विभिन्न ड्राइभिङ मोड अनुसार परिवर्तन गर्न सकियोस् ।

सुरक्षा प्रमुख प्राथमिकता हो र ४५० एमटी यही सोचबाट बनेको छ । बाइकमा डुअल च्यानल एबीएस रहेको छ । जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । शहरको ट्राफिक होस् वा अफरोडको गतिमा एबीएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ । अरू उत्कृष्ट सुविधामध्ये यसमा बीओएससीएच ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशील्ड र केवाईबी सस्पेन्सन रहेको छ ।

आरामदायी र भर्सटाइल टुरिङ
एडभेन्चर सोचमा राखी डिजाइन गरिएको ४५० एमटीले अद्भुत आरामदायिता प्रदान गर्छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ, जसले राम्रो सपोर्टको साथ लामो यात्रा पनि सजिलै कटाउन मद्दत गर्छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ । १७.६ लिटरको ठूलो फ्युल ट्याङ्कले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको २२ एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ ।

सीएफमोटोको बारेमा
एक अग्रणी हाइ परफरमेन्स मोटरसाइकल, अल टेरेन भेहिकल्स र साइड–बाइ–साइड युटिलिटी भेहिकल्स उत्पादक हो । नवीनता र गुणस्तरमा प्रतिबद्ध ४५० एमटीले आफूलाई विश्वव्यापी मोटरसाइकल बजारमा भरपर्दो ब्रान्डको रूपमा उभाएको छ । कम्पनीका उत्पादनहरू असाधारण प्रदर्शन, विश्वसनीय र राम्रो मूल्य प्रदान गर्न बनाइएका हुन्छन् ।

Logo