नाडा अटो शोमा जोनसेन र ट्रायम्फ ब्राण्डका मोटरसाइकल लन्च हुँदै

नाडा अटो शोमा जोनसेन र ट्रायम्फ ब्राण्डका मोटरसाइकल लन्च हुँदै

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । नाडा अटो शोमा यसपटक चिनियाँ ब्रान्ड जोनसेन र अर्को प्रिमियम ब्रान्ड ट्रायम्फ लन्च हुन लागेका छन् ।

ज्योती ग्रुपअन्तर्गतको स्यामुकापु ट्रेडिङले जोनसेनलाई ल्याउन लागेको हो । यस्तै, बजाज र केटीएम मोटरसाइकल बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ट्रायम्फलाई लन्च गर्न लागेको हो ।

कम्पनीका अनुसार जोनसेन ब्रान्डको नेपाल आउने पहिलो मोटरसाइकल २५० सीसीको एड्भेन्चर मोडल हुने जनाइएको छ । तर यसको फिचर र मूल्य भने सार्वजनिक गरिएको छैन । लन्च भएपछि मात्रै सार्वजनिक गर्ने कम्पनीको तयारी छ । चिनको प्रख्यात टु–ह्विलर ब्रान्ड जोनसेनको ६ स्थानमा उत्पादन सुविधा रहेको छ । स्यामुकापु ट्रेडिङले निकट भविष्यमा यसको एसेम्बल नेपालमै गर्ने समेत योजना बनाएको छ ।

बेलायतको प्रिमियम टु–ह्विलर ब्रान्ड ट्रायम्फ पनि अटो शोमा लन्च हुन लागेको छ । भारतमा बजाज अटोले उत्पादन गर्दै आएको यसलाई नेपाली बजारमा ट्रायम्फको स्पीड ४०० र स्क्र्याम्ब्लर ४०० एक्स दुबै मोडल लन्च हुने तयारीमा छ । यी बाइकको मूल्य ८ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

Logo