फोन ट्यागमार्फत बास्किन-रोबिन्समा भुक्तानी गर्दा ५०५ क्यासब्याक, फोन ट्याग स्कूप एन्ड सेव अभियान सुरु

फोन ट्यागमार्फत बास्किन-रोबिन्समा भुक्तानी गर्दा ५०५ क्यासब्याक, फोन ट्याग स्कूप एन्ड सेव अभियान सुरु

केन्द्रबिन्दु
70
Shares

ललितपुर । फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान फोन ट्याग स्कूप एण्ड सेवको घोषणा गरेको छ । फोन ट्याग स्कूप एण्ड सेव अभियान, २५ अगस्त २०२४ मा सुरु भएको छ, जसले कन्ट्याक्टलेस पेमेन्टका फाइदाहरूलाई एक आकर्षक अफरमार्फत प्रकाशमा ल्याउने लक्ष्य राखेको छ ।

यस मार्फत भुक्तानी गर्ने ग्राहकहरूले नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५०५ क्यासब्याक र रु २०० सम्मको लाभ लिन सक्नेछन् । यो सीमित समयको प्रस्ताव प्राप्त गर्नका लागि ग्राहकहरूले फोनपे एप वा फोन ट्याग सक्षम मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्नुपर्नेछ । यस एकीकृत सेवाले सजिलै र झन्झटविहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्दछ । जसले इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्याहरूलाई हटाउँछ र भुक्तानीलाई छिटो र सजिलो बनाउँछ।

यो प्रस्ताव नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा उपलब्ध हुनेछ । जसमा बुढानिलकण्ठ, सामाखुसी, महाराजगञ्ज, उत्तर्दोका, ठमेल, दरबारमार्ग, आइप्लेक्स मल, बत्तिसपुतली, पाटन दरबार स्क्वायर, लाबिम मल पुल्चोक, झम्सिखेल, लेकसाइड पोखरा, महेन्द्रपूल पोखरा, बुटवल, बिरगञ्ज, विराटनगर, हेटौँडा, र भैँसेपाटी समावेश छन् ।

फोन ट्यागबारे
यो एक नवप्रवर्तनकारी सम्पर्कविहीन भुक्तानी समाधान हो । जसलाई ग्राहकको सुविधाजनकता र पहुँचलाई सुधार गर्न डिजाइन गरिएको हो । यसले प्रयोगकर्ताहरूलाई एनएफसी ट्यागको माध्यमबाट वा फोनपे एप वा फोन ट्याग सक्षम मोबाइल बैंकिङ एपबाट ग्राहक प्रस्तुत कोड प्रस्तुत गरेर व्यापारमा भुक्तानी गर्न सक्षम बनाउँछ । यहाँसम्म कि सीमित वा बिना इन्टरनेट कनेक्टिविटी भएका क्षेत्रहरूमा पनि यसले सुविधा दिन्छ ।

Logo