६ अर्ब मात्र होइन २२ अर्ब उठाइनुपर्छः प्रधानमन्त्री

६ अर्ब मात्र होइन २२ अर्ब उठाइनुपर्छः प्रधानमन्त्री

केन्द्रबिन्दु
308
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रेकर्डमा देखिएको ट्रंक तथा डेडिकेटेड महसुल एक रुपैयाँ पनि छुट नदिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले ९ वर्षसम्म महसुल विवाद लम्ब्याएर १६ अर्ब छुट दिएको भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्‍याइ उद्योगहरूबाट वक्यौता उठाउनैपर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनुहुँदैन । ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको जवाफ पनि खोजिनुपर्छ ।’

Logo