सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको एपिक न्यू स्विफ्ट सार्वजनिक हुँदै, यस्तो छ फिचर

सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको एपिक न्यू स्विफ्ट सार्वजनिक हुँदै, यस्तो छ फिचर

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । सीजी मोटो कर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्ने तयारी गरेको छ । सीजी मोटो कर्पका अनुसार, नयाँ स्विफ्ट पहिलो दिनदेखि नै प्रदर्शनीमा राखिनेछ । सोही दिन यसको मूल्य पनि सार्वजनिक गरिनेछ । सीजी मोटो कर्प सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक हो ।

कम्पनीका अनुसार नयाँ जेड–सिरिज इन्जिन जडान गरिएको स्विफ्टले पर्फमेन्स र सस्टेनविलिटीको नयाँ आयाम ल्याउने बताइएको छ । नयाँ स्विफ्टमा आकर्षक एक्सटेरियर, आरामदायी क्याविन, आधुनिक सेफ्टी सिस्टम, रमाइलो ड्राइभिङ अनुभव र उन्नत प्रविधि जस्ता पाँच नयाँ विशेषता छन् । कारको क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाइन’ सहितको नयाँ लेआउट राखिएको छ । स्विफ्टको सिग्नेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्विफ्टमा एलईडी प्रोजेक्टर हेडलाइटहरू र बुमराङ एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू–टोन एलोय व्हिल्स लगायत फिचर उपलब्ध छ ।

न्यू स्विफ्टमा विभिन्न एक्टिभ र प्यासिभ सेफ्टी फिचर छ । कारमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन तथा ब्रेक असिस्ट र थ्री प्वाइन्ट सीट बेल्टको को साथै वाइड भ्यू सहितको रिभर्स क्यामेरा पनि छ । स्विफ्टमा सुजुकीले पहिलो पटक आफ्नो नयाँ जेड–सिरिज इन्जिनको प्रयोग गरेको छ । यो अत्याधुनिक इन्जिन पावरफूल मात्र नभई यसले सेग्मेन्टमा सबैभन्दा धेरै २५.७५ किमिसम्मको माइलेज प्रदान गर्नेछ ।

कारमा नयाँ जेनेरेसनको वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको ९ इन्चको स्मार्ट प्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, पछाडिको सीट यात्रुका लागि छिटो चार्ज गर्ने ए र सी टाइप यूएसवी पोर्ट पछाडि एसी भेन्ट्स, क्रूज कन्ट्रोल र कीलेस इन्ट्री लगायत फिचर छन् ।

Logo