सुजुकी भी स्ट्रोम २५० को मूल्य सार्वजनिकः नेपाली बजारमा पर्छ ७ लाख रुपैँया

सुजुकी भी स्ट्रोम २५० को मूल्य सार्वजनिकः नेपाली बजारमा पर्छ ७ लाख रुपैँया

केन्द्रबिन्दु
336
Shares

काठमाडौँ । नेपाली बजारमा एड्भेन्चर मोटरसाइकल भी स्ट्रोम २५० को ६ लाख ९९ हजार ९०० रुपैयाँमा उपलब्ध भएको छ । निर्धारण भएको छ । सुजुकीको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्सले यसको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको हो ।

सुजुकीको इन्ट्री लेभलको पहिलो एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० लाई डेली कम्यूट, हाइवेमा लामो यात्रा र अफरोडका लागि समेत उपयोगी हुनेगरी डिजाइन गरिएको छ । यो एड्भेन्चर टुरर बाइकमा सुजुकीको इजी स्टार्ट सिस्टम, सुजुकी राइड कनेक्ट र यूएसबी आउटलेट उपलब्ध गराइएको छ । यो बाइक अटो शोमार्फत लन्च हुँदै छ ।

यो एड्भेन्चर मोटरसाइकलमा अधिकतम पावर २६.५ पिएस र टर्क २२.२ एनएम भएको २४९ सीसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड एसओएचसी इन्जिन जडान गरिएको छ । सुजुकीले यो बाइकमा अक्टागोनल आकारको एलइडी हेडलाइट जडान गरेको छ ।

सुभी–स्ट्रोम २५० लाई डेली कम्यूट, लामो यात्रा र अफरोडमा गुड्ने गरी डिजाइन गरिएको छ । यस बाइकमा सुजुकीको इजी स्टार्ट सिस्टम, सुजुकी राइड कनेक्ट र यूएसबी आउटलेट दिइएको छ । यसमा पछाडी उच्च पवारयुक्त एलइडी टेल लाइट दिइएको छ । यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम र सिट हाइट ८३५ एमएम रहेको छ ।

यस बाइकमा इजी स्टार्ट सिस्टम उपलब्ध गराइएको छ । बाइकमा एक बटनलाई क्लिक गर्दा नै इन्जिन स्टार्ट हुन्छ । सुजुकी राइड कनेक्टको सुविधा पनि यस बाइकमा पाउन सकिन्छ । बाइकका चालकले स्मार्ट फोनलाई ब्लुटुथ मार्फत यसको डिजिटल कन्सोलमा कनेक्ट गर्न सक्छन् । यसरी फोन आएको जानकारी, ह्वाट्स एप अलर्ट डिस्प्ले, मिस कल, फोनको ब्याट्री चार्ज, टर्न वाई टर्न नेभिगेसन, स्पिड लिमिट हाइ भएको बारे जानकारी पाउन सकिन्छ ।

Logo