कार किन्दै हुनुहुन्छ ? अटो शोमा देखिनेछन् यी कार

कार किन्दै हुनुहुन्छ ? अटो शोमा देखिनेछन् यी कार

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । यसपटकको नाडा अटो शोमा चारपाङ्ग्रे सवारी साधनबाट कूल २४ वटा ब्रान्ड सहभागी हुँदै छन् ।

शोमा १ दर्जनभन्दा बढी ब्रान्डका नयाँ ईभी लन्चको तयारी गरिएको छ । सोही क्रममा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ स्विफ्ट लन्च गर्ने जनाएको छ । बीवाईडी, टाटा, हुन्डाई, एमजी, नेटा, स्काईवेल, किया महिन्द्रा, दिपल, सेरेस, जीएसी एवोन, ओमोडा र सिट्रोन लगायत कार ब्रान्डको सहभागिता हुने भएको छ । यसैगरी अवतार, जेको, जिकर, डोङफेङ नामी, केई, लिप मोटर, रिडारा, भोल्ट्स र एक्सपेङ जस्त नयाँ ब्रान्ड पहिलोपटक नेपाल भित्रिने तयारीमा छन् ।

शोमा बीवाईडीले एटो–३ को २०२४ मोडल लन्च गर्ने तयारी गरेको छ भने एमजीले जेडएस इभी, एमजी–४ र कोमेट ईभी र नयाँ प्रिमियम कार साइवरस्टरलाई प्रदर्शन गर्ने तयारी गरेको छ । यसैगरी एमएडब्लू ग्रुपले डोङफेङ ब्रान्ड अन्तर्गतको नामी ईभीलाई प्रदर्शनीमा राख्नेछ भने दिपलको प्रिमियम सेडान कार एल०७ र अर्को नयाँ मोडल समेत लन्च हुनेछ ।

टाटाले माइक्रो एसयूभी पन्च ईभीलाई लन्च गर्ने जनाएको छ । टाटाको स्टलमा नेक्सन र टियागो ईभीसमेत हुनेछन् । सीजी मोटर्सले नेपाल ल्याएको एक्सपेङ, रिडारा र अवतार ब्राण्ड लन्च हुने तयारीमा छन् ।

ओमोडा ईभी बिक्री गर्दै आएको शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले अर्को नयाँ ब्रान्ड जेकोको अफरोडर एसयूभी जे६ लाई औपचारिक लन्च गर्ने तयारी गरेको छ ।

लक्ष्मी ग्रुपअन्तर्गतको नयाँ कम्पनी लक्ष्मी ई–मोविलिटीले केई ब्रान्डका तीनवटा मोडल लन्च गर्ने तयारी गरेको छ । भोल्ट्स ईभीको बिक्रेता एस क्यूव इन्टरप्राइजेजले सो ब्रान्डको नयाँ ह्याचब्याक कार एचईभी ४०० लन्च गर्नेछ । यस्तै सांग्रिला मोटर्सले लिप मोटरको नयाँ एसयुभी सी–१०, नेटाले हाल बिक्री गर्दै आएको भी मोडलसँगै नयाँ एसयूभी एक्स मोडललाई प्रदर्शन गर्ने भएको छ । सेरेसले सेरेस३ को फेसलिफ्ट, स्काईवेलले ईटी५, कियाले ईभी६ र ईभी९, हुन्डाईले आयोनिक५ तथा कोना ईभी, महिन्द्राले एक्सयुभी ४००, ओमोडाले ई५, सिट्रोनले ईसी३ र जीएसी एवोनले वाई मोडल लगायत ईभी प्रदर्शन गर्नेछन् ।

Logo