नाडा अटो शोमा नेपालमै बनेका स्पेयर पार्ट्स र एसेसोरिज उपलब्ध हुने

नाडा अटो शोमा नेपालमै बनेका स्पेयर पार्ट्स र एसेसोरिज उपलब्ध हुने

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । भोलिदेखि सुरु हुने नाडा अटो शोमा नेपालमै बनेका विभिन्न ब्रान्डका गाडीका स्पेयर पार्ट्स र एसेसोरिज प्रदर्शन गरिने भएको छ । शोमा सवारीसाधनसँगै विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स र एसेसोरिजको अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, हेल्मेट र ग्यारेज उपकरण छन् । हिट्को प्रालिको एटीएस एल्गी र एल्गीले सवारी ग्यारेजका लागि आवश्यक सबै उपकरण राख्ने भएको छ भने यसको सिज फायर र फायर प्रो ब्रान्डले फायर एक्टिङगुइसरलाई प्रर्दशनीमा राख्नेछ । यस्तै, गुड डिल ट्रेडिङ र पन्चकन्या मार्केटिङले पनि ग्यारेजका लागि आवश्यक उपकरणहरु नाडा अटो शोमा प्रर्दशनीमा राख्न लागेका छन् ।

ब्याट्रीमा टाटा ग्रिन र ग्लोब्याट छन् भने लुब्रिकेन्ट्समा सर्भो, पेट्रोनास, मोटुल, लिक्विमोली, डकहाम्स, यूनोकल, टोटल, बोश र डाईनेक्स जस्ता ब्रान्ड सहभागी छन् । टायरमा जेकेमात्रै छ ।

स्टड्स र यूनीपेट्रो इनर्जीले स्टिलवर्ड हेल्मटलाई प्रर्दशनीमा राख्न लागेका छन् । क्रेटो प्राली, कामना डिस्ट्रिब्युटर्स, माइक्रो विज, शिव ओम शक्ति, सिम्पल टेक सोलुसन र सिप्रदी ट्रेडिङले विभिन्न ब्रान्डका स्पेयर पार्ट्स तथा कम्पोनेन्टलाई प्रदर्शन गर्ने तयारी गरेका छन् ।

Logo