नाडा अटो शोमा देखियो अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कुटर, बजार मूल्य सवा ३ लाखदेखि सुरु

नाडा अटो शोमा देखियो अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कुटर, बजार मूल्य सवा ३ लाखदेखि सुरु

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । भेस्पा र स्पोर्टी अप्रिलिया ब्राण्डका स्कुटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रालिले बहुप्रतिक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कुटर सार्वजनिक गरेको छ । अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कुटर नेपाली बजारमा १२५ सीसी प्रिमियम स्कुटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कुटरहरू मध्येको एक हो ।

उक्त स्कुटर नाडा अटो शो–२०२४ मा सार्वजनिक गरेको डेल्टा अटोकोर्पले जानकारी दिएको छ । कम्पनीका अनुसार युवा वर्गको आकर्षणलाई ध्यानमा राख्दै डिजाइन गरिएको यो स्कुटरको नयाँ भेरियन्ट केही अपडेटहरू पनि गरिएको छ । जसले यसलाई अझ शार्प र स्पोर्टी बनाएको छ ।

यस स्कुटरमा अब २२० एमएमको भेन्टिलेटेड डिस्क ब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम रहेको छ । जसमा कम्बी–ब्रेकिङ सिस्टम (सीबीएस) लाई स्टयाण्डर्डको रूपमा राखिएको छ ।

स्कुटरको नियन्त्रण र सुरक्षालाई अझ उत्कृष्ट बनाउन स्कुटरमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ । स्कुटरमा अपडेट गरिएका बडी ग्राफिक्स र रङ्गहरूले यसलाई थप आकर्षक बनाएको कम्पनीले बताएको छ ।

१२–इन्चको एल्लोय ह्वील्स, टेलिस्कोपिक फ्रन्ट फोर्कस साथै पछाडिको मोनोशकले स्कुटरको सवारी अनुभवलाई थप स्टेबल र आरामदायक बनाएको छ । डेल्टा अटोकोर्प निर्देशक तथा सीईओ विजय कुमार महतोले नेपाली सडक सुहाउँदो यो स्कुटरले आम उपभोक्ताको रोजाइमा पर्ने अपेक्षा लिएको बताए ।

‘अप्रिलिया ब्रान्डमार्फत नयाँ उत्पादनहरू प्रस्तुत गर्न पाउँदा खुशी भएका छौँ, प्रिमियम इटालियन ब्रान्डहरू मार्फत हाम्रा उपभोक्ताहरूको अनुभवलाई अझ स्मरणीय बनाउने हाम्रो प्रतिबद्धता रहेको छ,’ उनले भने । अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआईमा आधुनिक फिचरहरू समावेश भइ तयार भएको पनि महतोले जानकारी दिए ।

डेल्टा अटोकोर्पले नाडा अटो शोका लागि ‘सेभिङस एक्स्ट्राभागेन्जा स्किम’ को घोषणा गरेको छ । यो स्किममा अप्रिलिया वा भेस्पा स्कुटर बुक गर्ने ग्राहकहरूले १५ हजारदेखि ७५ हजारसम्मको छुट पाउन सक्नेछन् ।

शोको समयमा स्कुटर बुक गर्ने ग्राहकहरूले अनर २०० र अनर २०० प्रो मोबाइल फोनको खरिदमा ५ प्रतिशत छुटको विशेष अफर पनि पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कुटरको मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपैयाँबाट सुरु रहेको बताएको छ ।

Logo