नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुपअन्तर्गतको प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता हस्ताक्षर गरेको छ । यो हस्ताक्षर समारोह चीनको हाङजोउमा ५ भदौमा सम्पन्न भएको हो ।

हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रिय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रिय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए । नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए ।

सम्झौता समारोहको सुरुवातमा पायोनियर मोटोकर्प र जिकर दुवै कम्पनीहरूको प्रतिनिधिद्वारा आपसी सम्मान र साझा दृष्टिकोणलाई उजागर गर्ने स्वागत मन्तव्य राखिएका थिए । साथै दुई कम्पनिबीच आपसी सहकार्यद्वारा विद्युतीय प्रविधि तथा गाडीको प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको थियो । अटोमोटिभ तथा मोबिलिटी क्षेत्रमा एक नयाँ अध्याय र एक महत्त्वपूर्ण अलायन्स सुरुवातको उत्सव स्वरूप ‘स्याम्पेन टोस्ट’ सहित समारोहको अन्त्य गरिएको थियो । यस वितरण सम्झौता नेपाली अटोमोबाइल क्षेत्रमा एक महत्त्वपूर्ण र उल्लेखनीय कदम रहेको छ । यस सहकार्यसँगै नेपाली ईभी पारखी तथा ग्राहकहरूले नेपाल लक्षित उत्कृष्ट मूल्य र गुणस्तरीय सेवासहित अत्याधुनिक गाडी खरिद गर्न र अनुभव लिन सक्नेछन् ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाले भने, ‘चिनको प्रिमियम ईभी ब्रान्ड जिकरको नेपालका लागि एकमात्र वितरक (एक्सक्लुसिभ डिस्ट्रिब्युटर) को रूपमा नियुक्त भएकोमा हामी उत्साहित छौँ ।’

पायोनियर मोटोकर्पले यही नाडा अटो सो २०२४ मा प्रिमियम अर्वान लक्जरी एसयूभी जिकर एक्स सार्वजनिक गर्दै छ । नयाँ जिकर एक्स, परिष्कृत सहरी जीवनशैलीको लागि डिजाइन गरिएको एक कम्प्याक्ट लक्जरी एसयूभी हो । जिकर एक्स, नयाँ ठाउँ, नयाँ भूभाग तथा नयाँ वातावरण अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि उत्तम एसयूभी हो ।

सन् २०१४ मा स्थापित पायोनियर मोटो कर्प नेपालमा अग्रणी अटोमोबाइल वितरक हो । शारडा ग्रुपको सहायक कम्पनी रहेको पायोनियर मोटो कर्प, नेपालमा जिकरको लागि आधिकारिक वितरक हो ।

Logo