नाडा अटो शोमा केईका ३ ओटा मोडल सार्वजनिक

नाडा अटो शोमा केईका ३ ओटा मोडल सार्वजनिक

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोको स्टल नं एच–१६ मा ३ ओटा मोडल सार्वजनिक गरेको छ ।

यी तीन मोडल ई–क्युट ०२, ई–क्युट ०४ र इलेक्ट्रीक एसयूभी एक्स३ प्रो ईभी रहेका छन् । ई–क्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा २०० किमि रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० किमि भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । ई–क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी ई–क्युट ०४, ३०० किमि रेन्जको मूल्य २४ लाख ९६ हजार छ । ई–क्युट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी तेस्रो मोडल एक्स३ प्रो ईभी इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

यस नाडा स्पेसल अफरअन्तर्गत केइ गाडीको खरिदमा ग्राहकले ७.३ किलोवाट को वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

Logo