बहुप्रतिक्षित टाटाको पन्च ईभी नेपाली बजारमा सार्वजनिक

बहुप्रतिक्षित टाटाको पन्च ईभी नेपाली बजारमा सार्वजनिक

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले पन्च ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा सुरु भएको “१६ औँ टाटा इभी नाडा अटो सो २०२४“ मा पन्च ईभीको विक्री वितरण आरम्भ गरेको हो । टाटा पन्च ईभी शुरुवाती मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।

बहुप्रतिक्षित पन्च ईभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् ।

यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ ।

भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च ईभी नेपालमा सार्वजनिक गर्न पाउँदा हर्षित अनि उत्साहित भएको बताए । नेपालभरी टाटा ईभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ्ग स्टेशन, १५०+ एसी फास्ट चार्जिङ्ग, १५०+ एसी स्लो चार्जिङ्ग नेटवर्क छ । यसैगरी १६ इभि डेडिकेटेड सेवा सञ्जाल र २२ बटा बिक्री केन्द्र रहेका छन् ।

Logo