सीएफमोटोको विश्व प्रसिद्ध उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नाडा अटो शो २०२४ मा

सीएफमोटोको विश्व प्रसिद्ध उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नाडा अटो शो २०२४ मा

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । सीएफमोटोको विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५० एमटी अटो शोमा सार्वजनिक भएको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सो मोटरसाइकल सार्वजनिक गरेको हो । ऋषि ट्रेड सेन्टरले विशेष रुपमा वितरण गरेको ४५० एमटीले देशभरका मोटरसाइकल प्रेमीहरुका लागि एडभेन्चर टुरिङ अनुभवलाई पुनः परिभाषित गर्ने भएको छ ।

सो नयाँ मोटरसाइकलमा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ, जसमा बाइकको स्पिड, फ्युल लेभल, ट्रिप इन्फो लगायतका विभिन्न जानकारी डिस्प्लेमा हुनेछन् ।

यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ । यो मोटरसाइकलको मूल्य रु.१२,४९,९०० रहेको छ ।

४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्यान्ड आउट बनाउँछ । पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । अरू उत्कृष्ट सुविधाहरूमध्ये यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ ।

बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ । १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ ।

Logo