विभिन्न मोडलका गाडी नाडा अटो शोभरी [फोटोफिचर]

विभिन्न मोडलका गाडी नाडा अटो शोभरी [फोटोफिचर]

केन्द्रबिन्दु
588
Shares

काठमाडौं । नाडा अटो शो–२०२४ सुरु भएदेखि नै अवलोकनकर्ताहरूको घुइँचो छ । हिजो अर्थात् (भदौ ११ गते)बाट सुरु भएको उक्त शोमा विभिन्न ब्रान्डका नयाँ गाडीसमेत सार्वजनिक भइसकेका छन् ।

अटो शोमा आमग्राहकको आकर्षणमा परेका विभिन्न मोडलका गाडी हेर्न अथवा बुकिङ गर्नेको संख्या उच्च छ । नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सका सेल्स असिस्टेन्ट म्यानेजर साहिल तामाङले ग्राहकले बढी ईभी गाडीमा चासो देखाएको बताए ।

‘नाडा अटो शोबाट अपेक्षाभन्दा बढी गाडीको बुकिङ भइरहेको छ, बुक गर्ने र हेर्न अटो शो भरी चलिरहन्छ, यसपटक धेरै कम्पनीको गाडी बुकिङको तार्गेट मिट हुने देखिन्छ,’ उनले भने । नयाँ गाडी किन्ने र बुझ्ने अवसरको रूपमा हेरिएको अटो शोको यस पटकको नजारा पनि भिन्न छ ।

यद्यपि अटो शोमा राखिएका अधिकांश गाडीको ईभी छन् । उक्त शोमा चिनियाँ ब्रान्डका ईभीका गाडीको दबदबा रहेको छ । अटो शोमा पुगेर गाडी खरिद गर्ने ग्राहकहरूलाई आधिकारी कम्पनीहरूले बैंकिङ सुविधा, क्यासब्याकका साथै छुट र बीमामा समेत सहुलियत दिएका छन् ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेकाे उक्त शो भदौको १६ गतेसम्म सञ्चालन हुनेछ । लाखौंदेखि करोडौं रुपैयाँसम्म मूल्य पर्ने गाडी प्रदर्शनीमा राखिएका छन् । रौनकको रूपमा रहेको अटो शोमा दुई पाङग्रे सवारीका स्टलमा युवा वर्गको भिड छ । १३० वटा स्टलहरू रहेको शोमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । अटो शोले उद्योगलाई पुनर्जीवित गर्न राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने नाडाले बताएको छ ।

Skip This
Skip This
Logo