नाडा अटो शोको पहिलो दिनमा सीजी मोटर्सलाई २७ वटा बुकिङ्ग प्राप्त

नाडा अटो शोको पहिलो दिनमा सीजी मोटर्सलाई २७ वटा बुकिङ्ग प्राप्त

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । नाडा अटो शो २०२४ को पहिलो दिनमा सीजी मोटर्सले २७ वटा बुकिङ्ग प्राप्त गरेको छ । विभिन्न ब्राण्ड गरी ८ वटा स्टल प्रदर्शनमा राखेको सीजीलाई उक्त शोको पहिलो दिनमा नै २७ वटा बुकिङ्ग प्राप्त भएको हो ।

सीजी मोटर्सले नेपाली बजारमा नाडा अटो शोमार्फत सार्वजनिक गरेको अवतार ११ को ३ वटा बुकिङ्ग पहिलो दिनमा नै भएको छ । त्यसैगरी RIDDARA RD6 को ५ वटा बुकिङ्ग प्राप्त भएको जनाइएको छ ।

यससँगै XPENG को ६ वटा बुकिङ्ग प्राप्त भएको छ । नेपाली बजारमा लोकप्रिय रहेको नेटा भीको पनि ६ वटा बुकिङ्ग प्राप्त भएको छ । नेटा एक्स मोडलको पहिलो दिनमा ७ वटा बुकिङ्ग प्राप्त गर्न कम्पनी सफल भएको छ ।

यसरी पहिलो दिनमा २७ वटा बुकिङ्ग प्राप्त गर्न सफल रहेको सीजी मोटर्सले नाडा अटो शोको अन्त्यसम्ममा आफ्ना विभिन्न ८ वटा ब्राण्डहरू मार्फत २०० भन्दा धेरै बुकिङ्ग हासिल गर्ने अनुमान गरेको छ ।

Logo