रास्वपाका सांसद मनिष झाको प्रश्नः कतै सेटिङमा जहाज ग्राउन्डेड गराइएको त होइन ?

रास्वपाका सांसद मनिष झाको प्रश्नः कतै सेटिङमा जहाज ग्राउन्डेड गराइएको त होइन ?

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘दैनिक रूपमा पाँच करोड बढी नोक्सानी बेहोरेको छ । कतै यो चाडपर्व आइरहेको समयमा, कतै अन्तरराष्ट्रिय अन्य कम्पनीहरूले सञ्चालितहरूलाई पैसा र नाफा दिनका लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्‍याएको त होइन ?’

साथै जाँचका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भनेर उनले प्रश्न गरे । उनले राजनीतिक प्रलोभनका कारण दैनिक पाँच करोड घाटा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Logo