युवामा दुई पाङ्ग्रेको क्रेज, हेर्ने र किन्नेको अटो शोमा भिड [फोटोफिचर]

युवामा दुई पाङ्ग्रेको क्रेज, हेर्ने र किन्नेको अटो शोमा भिड [फोटोफिचर]

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौं । भृकुटीमण्डमा जारी नाडा अटो शोमा आम युवाको आकर्षणमा दुई पाङ्ग्रे सवारी देखिएको छ । युवामा दुई पाङ्ग्रे स्कुटर तथा बाइकको क्रेज हुनु स्वभाविक हो । यद्यपि अटो शोको प्रदर्शनीमा राखिएका आकर्षक लुक्स साथै स्मार्ट फिचर भएका दुई पाङ्ग्रे सवारीले अधिकांश युवाको मन जितेका छन् । जसको फलस्वरूप अटो शोमा भएका दुई पाङ्ग्रे सवारीका अधिकांश स्टलमा युवाको भिड छ ।

दुई लाखमाथिदेखि २५ लाख रुपैयाँसम्मको दुई पाङ्ग्रे अटो शोमा प्रदर्शनीमा राखिएका छन् । सस्तोदेखि महँगोसम्मका बाइक स्कुटर उपलब्ध भएकाले दुई पाङग्रेले आम ग्राहकको ध्यान केन्द्रित गरिरहेको छ ।

विभिन्न ब्रान्डका विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने स्कुटर तथा मोटरसाइकल अटो शोमा आधिकारिक कम्पनीहरूले सार्वजनिक गरिसके पश्चात् बिक्री वितरण सुरु गरेका छन् ।

आधिकारिक कम्पनीहरूले उक्त ब्रान्डका स्कुटर तथा बाइकको बुकमा क्यास ब्याक, बीमा सुविधा दिएको कारण पनि शोमा पुगेर दुईपाङ्ग्रे सवारी किन्ने योजना बनाएको अवलोकनकर्ता समिर राईले जानकारी दिए । ‘बाइक किन्ने योजना बनाएर अटो शो आइपुगेको हुँ, एउटा बुक गर्ने भनेर आएको अर्को मन पर्याे, अटो शोबाट एउटा बाइक लिइन्छ,’ उनले भने । सुस्ताउँदै गएको दुई पाङ्ग्रे सवारीको बिक्रीलाई नाडा अटो शो पश्चात् यस क्षेत्रको व्यापार बढ्ने अपेक्षामा व्यवसायी छन् ।

Skip This
Skip This
Logo