नाडा अटो शोका आकर्षणः यी हुन् २० लाखदेखि २६ लाखसम्म पर्ने नयाँ ब्रान्डका मिनीकार

नाडा अटो शोका आकर्षणः यी हुन् २० लाखदेखि २६ लाखसम्म पर्ने नयाँ ब्रान्डका मिनीकार

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२४ मा विभिन्न ब्राण्डका कारहरूको प्रदर्शनी जारी छ । सोही क्रममा तीन नयाँ ब्रान्डले शोमा मिनीकार प्रदर्शन गरेका छन् । शोमा केई क्युट ०२, बिएडब्लु ब्रम्बी र एचईभी ३०० को प्रदर्शन गरिएको छ । यी कारको सुरुवाती मूल्य १९ लाख ९६ हजारदेखि २६ लाखसम्म निर्धारण गरिएको बताइएको छ ।

लक्ष्मी ई–मोबिलिटीले बिक्री सुरु गरेको केई क्युट ०२ को मूल्य १९ लाख ९६ हजार रुपैँया तोकिएको छ भने यसको टप स्पेकलाई २२ लाख ९६ हजार रुपैयाँ पर्छ । क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी, क्युट ४ को मूल्य २४ लाख ९६ हजार छ । क्युट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ । फुल चार्जमा यसले २०० र ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

यसैगरी एलआरआर ग्रुपले ल्याएको अर्को ब्राण्ड हो, ब्रम्बी कार । यसको मूल्य २१ लाख ९० हजार रहेको छ । कारमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ । बीएडब्लूले ब्रम्बी ह्याचव्याकमा ३० किलोवाट पीकपावर भएको इलेक्ट्रिक मोटर दिएको छ । यसको रेटेड पावर १५ किलोवाट छ । एकपटकको फुल चार्जमा यसले २०५ किलोमिटर रेन्ज दिने बताइएको छ ।

नाडा अटो शोमा एस क्युब इन्टरप्राइजेजले पनि नयाँ ब्राण्ड प्रदर्शन गरेको छ । एस क्युबले ल्याएको एचईभी ३०० को मूल्य २५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो कारमा ३२.५६ किलोवाट आवरको ब्याट्री प्याक र ३५ किलोवाट क्षमताको मोटर जडान गरेको छ । यसको पिक टर्क १२५ एनएम छ । यो कारले एकपटकको फुल चार्जमा ३३५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

Logo