अटो शोमा प्रदर्शित डेढ करोड मूल्य पर्ने एमजी साइबरस्टरको सबै युनिट बिक्री

अटो शोमा प्रदर्शित डेढ करोड मूल्य पर्ने एमजी साइबरस्टरको सबै युनिट बिक्री

केन्द्रबिन्दु
588
Shares

काठमाडौँ । नाडा अटो शो २०२४ मा प्रदर्शित एमजी साइबरस्टर सबै युनिट बिक्री भएको छ । शोमा यसको दुई युनिट मात्र उपलब्ध थियो । दुवै युनिट बिक्री भएपछि यो स्पोर्ट्स कार अटो शोबाट समेत हटाइएको छ । गाडी खरीद गरेका ग्राहकको निजी प्रयोजनमा प्रयोग आउने भएसँगै अटो शोमा उक्त गाडी नराखिएको हो । यद्यपि एमजीको शोरुममा सो गाडी राखिएको छ ।

एक सानो अल इलेक्ट्रिक कार, एमजी साइबरस्टरको मूल्य १ करोड ६८ लाख रुपैयाँ तोकिएको थियो । यो एमजीको कन्भर्टिबल स्पोर्टस् कार हो । सिजर डोरका साथ उपलब्ध हुने एमजी रोडस्टर एग्रेसिभ र सार्प देखिन्छ । यस कारमा २३१ किलोवाटको मोटर छ । कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ । ।

Logo