नाडा अटो शोमा मनाइयो फोटोनको २८औँ वार्षिकोत्सव

नाडा अटो शोमा मनाइयो फोटोनको २८औँ वार्षिकोत्सव

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेइकलले नाडा अटो शोमा फोटोनको २८औँ वार्षिकोत्सव भव्य समारोहका साथ मनाएको छ । विश्वको अग्रणी व्यावसायिक सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएसँगै नेपालमा पनि सो अवसरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया तथा सीईओ तुषार गुप्ता लगायत फोटोन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो । नाडा अटो शोमा केक काटेर कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्पित रहेको सन्देश दिएका थिए ।

एमएडब्लू वृद्धि कमर्सियल भेइकलले नेपालमा फोटोनका हाइरुफ ईभी भ्यान, टुनल्याण्ड र टीएम वान जस्ता कुशल र भरपर्दो सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ ।

फोटोनको उत्कृष्ट प्रमाणित ट्र्याक रेकर्ड र नयाँ टेक्नोलोजीहरूको प्रतिबद्धताले फोटोनलाई नेपाली बजारमा निरन्तर वृद्धि र सफलताका लागि थप स्थान दिने कम्पनीको भनाइ छ ।

Logo