टाटाको कमर्सियल गाडी किन्नुहोस्, दशैँमा होम अप्लायन्स घर लैजानुहोस्

टाटाको कमर्सियल गाडी किन्नुहोस्, दशैँमा होम अप्लायन्स घर लैजानुहोस्

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दशैँलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । यस योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा ग्राहकले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्नेछन् । यो योजना टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरीदमा लागू हुनेछन् । ग्राहकले आफूले खरीद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

होम अप्लायन्सअन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टीभी, माइक्रो ओभन छन् भने ग्याजेट अन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई वा युरोप भ्रमण रहेका छन् । यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन् ।

सिप्रदी आफ्ना ग्राहकहरूको उत्साहलाई बढाइराख्न र उनीहरूको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सदा क्रियाशील रहेको सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेइकल बिजनेस युनिटका सिनियर जनरल म्यानेजर अनुपमणि ढकालले बताए । यो योजना असोज १४ गतेसम्म लागू हुनेछ ।

Logo