महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशत ब्याजमा कर्जा लिनुहोस्, निसान ब्रान्डका गाडी किन्नुहोस्

महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशत ब्याजमा कर्जा लिनुहोस्, निसान ब्रान्डका गाडी किन्नुहोस्

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । निसान ब्रान्डका गाडी खरिदका लागि बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा लिन पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशतमा जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीयबाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने बताइएको छ ।

बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत कर्जा लिन चाहने ग्राहकहरूले आवेदन दिन सक्ने बताइएको छ ।

बैंकले ३० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकका देशभर १०३ शाखा कार्यालयहरू र करीब ८ लाख ग्राहकहरू रहेका छन् ।

Logo