बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छः गभर्नर अधिकारी

बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छः गभर्नर अधिकारी

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फ्रितीमा सायद इतिहासमै तल छौँ । त्यसैगरी बाह्य क्षेत्रसँगसँगै बैंकिङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था र सबलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’

साथै उनले तरलताकै आधारमा बैंकिङ प्रणालीको ब्याजदरहरू तल रहेकोे बताए । उनले भोलिको दिनमा आर्थिक क्रियाकलापहरूलाई अगाडि बढाउनको लागि र नीजि क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए ।

Logo