मिटरब्याज पीडितका समस्या चाँडो समाधान गरौँः एमाले सांसद ठाकुर गैरे

मिटरब्याज पीडितका समस्या चाँडो समाधान गरौँः एमाले सांसद ठाकुर गैरे

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटरब्याजको कुरा संसद्मा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन् । आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरूको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको भए पनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गरेका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभामा मिटर ब्याज पीडितहरूका समस्याहरूको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रिया अन्तर्क्रिया, त्यसका लागि थुप्रै समितिहरू निर्माणदेखि लिएर एउटा प्रक्रियामा हामी गयौँ, त पनि समस्या चाहिँ विभिन्न रूपले यथावत् छ ।’ साथै उनले मिटर ब्याज पीडितहरूको समस्या चाँडो समाधान गर्नुपर्ने बताए । जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यक्ता रहेको उनको भनाइ छ ।

यस्तै उनले बैंकिङ कसुरमा कारवाहीमा परेका व्यक्तिहरूले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राखे ।

Logo