नाडा अटो शोमा स्काइवेलका ९९ युनिट गाडी बुकिङ, शो सकिएपछि ५ लाखले मूल्य वृद्धि हुने

नाडा अटो शोमा स्काइवेलका ९९ युनिट गाडी बुकिङ, शो सकिएपछि ५ लाखले मूल्य वृद्धि हुने

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । नाडा अटो शो २०२४ मा हालसम्म स्काइवेलका ९९ युनिट गाडी बुकिङ भएका छन् । नेपालमा स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले स्काइवेलका विभिन्न मोडेलका ईभी गाडी बुकिङ भएको जनाएको छ । यो जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड लगायत ६५ भन्दा बढी देशहरूमा बिक्री हुँदै आएको छ ।

हाल नेपालमा ४० भन्दा बढी स्काइवेलका ईटी५ प्रिमियम विद्युतीय एसयूभी यसअघि नै बिक्री–वितरण भइसकेका छन् । जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेसल मूल्य कायम गरेको छ । जी मोटर्सका कार्यकारी निर्देशक पारशमणि गेलालका अनुसार कम्पनीले हाल स्काइवेल ईटी५ र बीई११ मोडलका ६२० किमी, ५२० किमी र ४२० किमी रेन्ज दिने इलेक्ट्रिक गाडी बिक्री–वितरण गरिरहेको छ । ४१० किमी बीई११ को मूल्य ७५ लाख ९० हजार, बीई११ ५२० किमीको मूल्य ८५ लाख ९० हजार र ईटी५ को मुल्य १ करोड १० लाख रुपैयाँ कायम गरेको छ । नाडा शो पश्चात् सबै मोडलमा ५ लाखले मूल्य वृद्धि हुने बताइएको छ ।

Logo