पहिलो बोहनी अब फोनपे क्यूआरबाट, एक जना भाग्यशालीले ईभी स्कुटर जित्ने

पहिलो बोहनी अब फोनपे क्यूआरबाट, एक जना भाग्यशालीले ईभी स्कुटर जित्ने

केन्द्रबिन्दु
56
Shares

ललितपुर । फोनपेले पहिलो भुक्तानी (चलनचल्तीको भाषामा बोहनी) फोनपे क्यूआरको सुरुवात गरेको छ । फोनपेले देशभरका व्यवसायीहरूलाई आफ्नो पहिलो भुक्तानी फोनपे क्यूआर मार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्यले ‘बोहनी फोनपे क्यूआरबाटै’ भन्ने पहलको सुरुवात गरेको हो ।

यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ । फोनपे क्यूआर मार्फत बोहनी स्वीकार गर्दा व्यवसायीहरूले बिहानको समयमा ससाना रकमको समस्याबाट मुक्ति पाउनुका साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन् ।

अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लगइन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ । अभियान अवधिमा फोनपे क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ । यस अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ ईभी स्कुटर जित्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार व्यवसायीहरूका लागि डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यावसायिक कार्यहरूमा समाहित गर्न अझ बढी प्रोत्साहन गर्नु हो । ‘हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्यूआर अपनाउन प्रोत्साहित गर्दछौँ । जसबाट व्यवसायीहरूले अझ बढी सुविधा, न्यूनतम् जोखिम र उच्च व्यावसायिक दक्षताको अनुभव गर्न सक्नेछन् ।’ उनले भने ।

२० लाखभन्दा बढी ग्राहक र नेपालभर १४ लाखभन्दा बढी व्यवसायहरूमा फोनपे क्यूआर स्ट्यान्डीहरू तयार भइसकेको अवस्थामा फोनपे आफ्नो डिजिटल भुक्तानी नेटवर्कलाई विस्तार गर्दै देशभरका व्यवसायीहरूलाई सुरक्षित, छिटो र सुविधाजनक भुक्तानी समाधानहरूको लाभ प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo