नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सोमबार साधारणसभा सम्पन्न भएको हो । बैंकको विशेष साधारणसभाले पाँच अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका सर्त र व्यवस्थाबमोजिम तथा नियमनकारी निकायको स्वीकृतिपश्चात् जारी हुने गरी पाँच अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पेस गरेकोमा सम्पूर्ण प्रस्तावहरू विशेष साधारणसभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।

सभाले पारित गरेको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ ।

विशेष साधारणसभामा बोल्दै बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउन सहयोग गरेकोमा सेयरधनीलगायत सरोकारवाला पक्षलाई धन्यवाद दिए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ सेयरधनीलगायत सरोकारवाला पक्षहरूको महत्त्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए ।

नबिल बैंकले हाल २६८ वटा शाखाहरू, ३१६ वटा एटीएम र २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशव्यापी रूपमा सेवा प्रदान गर्दै आएको छ ।

Skip This
Skip This
Logo