अकामा होटलको व्यापारमा उछाल, कुन वर्ष कति कमायो ?

अकामा होटलको व्यापारमा उछाल, कुन वर्ष कति कमायो ?

केन्द्रबिन्दु
336
Shares

काठमाडौँ । आईपीओ निष्कासन गर्ने तयारीमा रहेको अकामा होटलको व्यापारको दर बर्षेनि बढ्दो रहेको देखिएको छ । सानिमा ग्रुपले सञ्चालन गरेको यस होटलले एक वर्षको अवधिमा साढे १७ करोडको व्यापार गरेको हो ।

इक्रा नेपालका अनुसार उक्त होटलको व्यापार वार्षिक रूपमा वृद्धि भइरहेको छ । सन् २०२२ मा १० करोडको व्यापार गरेको यस होटलले सन् २०२३ मा १७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । जुन व्यापार सन् २०२२ को तुलनामा ७ करोड ७० लाख रुपैयाँले बढी हो ।

सन् २०१९ देखि सञ्चालनमा आएको यो होटल बाह्य पर्यटकको पनि रोजाइमा पर्दै आएको छ । यस होटलमा होटलमा १ सय ८ कोठा छन् । अकामाले १ अर्ब १० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । सानिमा ग्रुपको जलविद्युत्, बैंकिङ, बीमाका साथै हस्पिटालिटी क्षेत्रमा लगानी रहेको छ । उक्त होटल काठमाडौँको धुम्बाराहीमा छ ।

Logo