स्मार्टचोइस टेक्नोलोजिजले ल्यायो ‘तिर्की दाउः ट्रायल अफर’, ७ सय ७७ रुपैयाँसम्म क्यासब्याक

स्मार्टचोइस टेक्नोलोजिजले ल्यायो ‘तिर्की दाउः ट्रायल अफर’, ७ सय ७७ रुपैयाँसम्म क्यासब्याक

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपालीहरूको महान् पर्व हरितालिका तीज, बडादशैँ तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले ‘तिर्की दाउः ट्रायल अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरीदमा पीओएसमार्फत विद्युतीय कारोबार गर्दा ७ सय ७७ रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

हालसम्म एससीटी–यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसँग आवद्ध बैंक तथा वित्तीय संस्थाहरूमा गएर प्राप्त गर्न सक्नेछन् । ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको एससीटी–यूपीआई डेबिट कार्ड प्रयोग गरेमा १ सय ११ रुपैयाँको क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३ सय ३३ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै, सात वा सोभन्दा धेरै पटक कारोबार गर्दा रु ७७७ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५ सय वा सोभन्दा धेरै हुनपर्नेछ । एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ । साथै, भारतमा पनि नेपाली रुपैयाँ २ हजार ५ सय वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २ सय ५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो अफर सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागू हुनेछ ।

Logo