बरुण र मोलुङ्ग हाइड्रोपावर दुवैले बोलाए साधारण सभा

बरुण र मोलुङ्ग हाइड्रोपावर दुवैले बोलाए साधारण सभा

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी र मोलुङ्ग हाइड्रोपावर दुवैले साधारण सभा बोलाएका छन् । बरुणले लर्ड पार्टी भेन्यु, धुम्बाराहीमा असोज १३ गते २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । यस्तै, मोलुङ्ग हाइड्रोपावर कम्पनीले असोज १८ गते बाघभैरव ब्याङक्वेट, नगाउँ दोबाटो, कीर्तिपुरमा १४ औँ र १५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।

बरुणको सभाले कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने, गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, हकप्रद शेयर अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार भदौ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

यस्तै, मोलुङ्गको सभाले प्रबन्धपत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालन समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिलासहित २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्ने बताइएको छ । उक्त सभाले लेखापरीक्षक नियुक्त गर्ने र गत दुई आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गर्ने तयारी गरेको छ ।

कम्पनीले असोज २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

Logo