नक्सालमा डोङफेङ नामीको अत्याधुनिक शोरुम खुल्दै

नक्सालमा डोङफेङ नामीको अत्याधुनिक शोरुम खुल्दै

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेपालभर डोङफेङ नामीको डिलर नेटवर्क विस्तार कार्य तीव्र रूपमा भइरहेको छ । जसअन्तर्गत काठमाडौँको नक्सालमा डोङफेङ नामीको अत्याधुनिक शोरुम खुल्ने भएको छ । आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुने बताइएको छ ।

उपत्यकामा हालसम्म ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापना भइसकेको छ । उपत्यकाबाहिर पोखरा, चितवन, विराटनगर, नेपालगन्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना छ ।

कम्पनीका अनुसार हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगैको स्थानमा नामीको टेस्ट ड्राइभ गरी ग्राहकले यसको फरकपना अनुभव गर्न सक्नेछन् ।

नेपालमा नामीको आधिकारिक वितरक एमएडब्लु ग्रुप हो । यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डको कारोबार गर्दै आएको सो ग्रुप देशको सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोटिभ ग्रुप हो ।

हालै सम्पन्न नाडा अटो शो २०२४ मा डोङफेङ नामीले प्रिमियम इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धताका कारण अवलोकनकर्ताहरूबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको थियो । यसको इनोभेटिभ फिचर, लक्जरियस इन्टेरियर र एड्भान्स्ड टेक्नोलोजी निकै रुचाइएको छ ।

Logo