सुजुकीले अर्को वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्स लन्च गर्ने

सुजुकीले अर्को वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्स लन्च गर्ने

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । सुजुकीले अर्को वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्स लन्च गर्ने भएको छ । मारुती सुजुकी इन्डिया लिमिटेडले अर्को वर्षको जनवरी १७ देखि हुने भारत मोबिलिटी एक्सपो २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्सको उत्पादन मोडल लन्च गर्ने भएको हो ।

सन् २०२३ अटो एक्सपोमा पहिलो पटक ईभीएक्सको कन्सेप्ट मोडल सार्वजनिक गरेको मारुतीले अब टाटा कर्भ ईभी, एमजी जेडएस ईभी र आगामी हुन्डाई क्रेटा ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

परीक्षणका क्रममा देखिएको ईभीएक्स एसयूभीमा वाई आकारको एलईडी डीआरएल, क्लोज्‍ड अफ ग्रिल, फ्लस टाइप डोर ह्यान्डल र कनेक्टेड टेल लाइट हुने बताइएको छ । एकपटक पूर्ण रूपमा चार्ज गरेपछि ५५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने कम्पनीको दाबी छ । यद्यपि यसमा ४०० किलोमिटरको रेन्ज भएको सानो ब्याट्री प्याक पनि हुन सक्ने बताइएको छ । ईभीएक्सको क्याबिनमा ड्युअल इन्टिग्रेटेड स्क्रिन रहेको फ्युचरिस्टिक डिजाइन हुनेछ ।

यसमा ६० किलोवाट ब्याट्री प्याक र एक इलेक्ट्रिक मोटर प्रदान गरिने जनाइएको छ । मारुती सुजुकीले सन् २०३० सम्ममा ६ वटा इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । यद्यपी कम्पनीले आफ्नो कुनै पनि कारलाई इलेक्ट्रिक भर्सनमा परिवर्तन गर्ने योजना नरहेको जनाएको छ ।

Logo