नेपाल नआउँदै २५ युनिट बुकिङ भएको थियो एमटी ४५० बाइक, दोस्रो लटको बुकिङ खुला

नेपाल नआउँदै २५ युनिट बुकिङ भएको थियो एमटी ४५० बाइक, दोस्रो लटको बुकिङ खुला

केन्द्रबिन्दु
644
Shares

काठमाडौँ । नेपाल नआउँदै सीएफ मोटोको एमटी – ४५० बाइक २५ युनिट बुकिङ भएको बताइएको छ । हालै सम्पन्न नाडा अटो शोमा प्रिमियम टु ह्विलर ब्रान्ड सीएफ मोटोको एमटी – ४५० र सोही कम्पनीअन्तर्गतको इलेक्ट्रिक स्कुटर जिहोको एई ४ लन्च भएको थियो । नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले लन्च गरेको नयाँ स्कुटर एबीएस र नन् एबीएस भर्सनमा उपलब्ध छन् । यी दुईवटै बाइकमा दर्शकको आकर्षण निकै राम्रो रहेको ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्ज्वल जोशीले बताएका छन् ।

जोशीका अनुसार एमटी ४५० मोटरसाइकल ५ महिनाअघि मात्र फिलिपिन्समा पहिलोपटक लन्च भएको हो । अन्तरराष्ट्रिय बजारमा लन्च भएलगत्तै यो नयाँ मोटरसाइकल नेपाल नआउँदै २५ युनिट बुकिङ भएको थियो । ‘नाडाको पहिलो दिनमा थप बुकिङ लिएर हामीले यसको पहिलो लटका लागि बुकिङ क्लोज गरेका छौँ भने दोस्रो लट अक्टोबरमा डेलिभरी दिने गरी पुनः बुकिङ खुलाएका छौँ ।’ उनले भने ।

सीएफ मोटो एमटी ४५० मा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ । यसले ४४ एचपी पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ भने यसले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ ।

यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ । १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङविना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ ।

एड्भेन्चर सेग्मेन्टमा सबैभन्दा पावरफुल मोटरसाइकल भए पनि यसको मूल्य १२ लाख ५० हजार रुपैयाँ मात्र कायम गरिएको महाप्रबन्धक जोशीले बताएका छन् ।

Logo