रोयल इन्फिल्डको साथमा एप्पल फर्म राइडको आयोजना हुँदै

रोयल इन्फिल्डको साथमा एप्पल फर्म राइडको आयोजना हुँदै

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । यही भदौ २८ गतेदेखि एप्पल फर्म राइड लाङटाङ राष्ट्रिय निकुञ्ज –२०२४ को आयोजना हुने भएको छ ।

काठमान्डू लिजेण्डसले आयोजना गर्ने यो राइड रोयल इन्फिल्ड बाइकको बिक्रेता अल्फा अटोमोटिभकाे सहकार्यमा हुने भएको हो । तीन दिने अर्थात् भदौको ३० गतेसम्म सञ्चालन हुने एप्पल फर्म राइडमा रोयल इन्फिल्ड बाइक प्रयोगकर्ताहरू सहभागी हुने छन् । गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रसम्मको यो राइडले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने काठमान्डू लिजेण्ड्स अध्यक्ष रमेश अवालेले जानकारी दिए ।

‘हामी प्रायः नेपालको हरेक क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुगोस् भन्ने उद्देश्य राखी राइडको आयोजना गछौं, काठमान्डू लिजेण्डस धेरै राइडको योजना गरिसकेको छ, यस पटकको राइडले राइडरहरुले नयाँ अनुभव लिन पाउँने छन्,’ उनले भने ।

तीन दिने एप्पल फर्म राइडमा उक्त क्षेत्रका मौलिक विषय र त्यहाँका सुन्दर प्रकृतिको साथमा राम्न सकिने अवालेले बताए । उनका अनुसार ६० भन्दा बढी रोयल एल्फिल्ड बाइकर्सहरु सहभागी हुनेछन् ।

एप्पल फारम राइडले उक्त यो क्षेत्रको पर्यटन र स्थानीय परम्परा, संस्कृति, स्याउ फर्म र अन्य स्थानीय दर्शनीय क्षेत्रहरूको प्रचार प्रसार तथा प्रवर्द्धन हुने विश्वास आयोजक टिमले लिएको छ ।

यस्तै, अल्फा अटोमोटिभका प्रमुख कार्यकारी (सीईओ) मेघराज पौडेलले यो राइडले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान राख्ने बताए । ‘अल्फा अटोमोटिभले युवा राइडरसँगको सहकार्य गरी राइडको आयोजना गर्दै आएको छ । बाइक खरिद कर्ताहरूलाई यो राइडले नयाँ अनुभव प्रधान गर्ने विश्वास कम्पनीको छ, राइडको मद्दतले पर्यटन प्रवर्द्धन हुनु आफैमा एउटा महत्त्वपूर्ण विषय हो,’ उनले भने ।

अधिकांश ग्राहकको रोजाइ बन्दै आएको रोयल इन्फिल्ड बाइक नेपाली सडकको लागि पनि उपयुक्त छन् ।

यस कार्यक्रममा सहभागीहरू स्थानीय होम स्टे र टेन्टमा बस्नेछन् भने स्थानीय आमा समूहले आफ्नो खेतबारीमा उत्पादित अर्गानिक खानेकुराहरूको व्यवस्था गरिएको पनि अध्यक्ष अवालेले जानकारी दिए ।

Skip This
Skip This
Logo