सबैभन्दा बढी बिक्री हुने हिरो स्प्लेन्डर अपडेटसहित लन्च

सबैभन्दा बढी बिक्री हुने हिरो स्प्लेन्डर अपडेटसहित लन्च

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । हिरो स्प्लेन्डर बाइक अपडेटसहित लन्च गरिएको छ । हिरो मोटोकर्पको सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल थप अपडेट भएर आएको हो । पहिलो पटक कम्पनीले यसलाई फ्रन्ट डिस्क ब्रेकसहित अपडेट गरेको छ । सो अपडेटसँगै बाइकको मूल्य ८३ हजार ४६१ भारतीय रुपैयाँ तोकिएको छ । यसलाई स्प्लेन्डर प्लस एक्सटेक नाम दिइएको छ । तर ड्रम ब्रेक ट्रिमको मूल्य भने यथावत रहने बताइएको छ ।

यसको इन्जिन र फिचर पुरानो मोडेलजस्तै हुनेछ । यसमा आयताकार हेडलाइटको साथमा सिंपल स्ट्रक्चरमा एलईडी डीआरएल दिइएको छ । यसमा १०० सीसी सिंगल सिलिन्डर इन्जिन छ । जसले ७.०९ बीएचपीको पावर र ८.०५ एनएमको अधिकतम टर्क जेनेरेट गर्ने बताइएको छ ।

हिरो स्प्लेन्डरमा टेलिस्कोपिक फ्रन्ट फोर्क र ड्युअल रियर शक्स समावेश छ । यसलाई ४ स्पिड गियरबक्ससँग जोडिएको छ । यसमा स्मार्टफोन कनेक्टिभिटीका साथमा पूर्ण रूपमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र यूएसबी चार्जिङ स्लट पनि समावेश छ । सो बाइक साधारण डिजाइनका कारण धेरैमाझ लोकप्रिय छ ।

Logo