रोयल इन्फिल्डको क्लासिक ३५० बाइक अपडेटसहित बजारमा, यी हुन् फिचर

रोयल इन्फिल्डको क्लासिक ३५० बाइक अपडेटसहित बजारमा, यी हुन् फिचर

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । रोयल इन्फिल्डले आफ्नो क्लासिक ३५० बाइकमा अपडेट गरेको छ । बाइकमा पुरानो ह्यालोजन बल्बको सट्टा नयाँ एलईडी हेडलाइट दिइएको छ । यसका साथै टर्न इन्डिकेटर पनि एलईडीमा छ । बाइकको एलईडीमा टेल लाइट र पाइलट लाइट पनि समावेश छ ।

कम्पनीले नयाँ क्लासिक ३५० हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल, डार्क र इमराल्ड गरी ५ भेरिएन्टमा प्रस्तुत गरेको जनाएको छ । यो बाइक ७ रङमा उपलब्ध छ । हेरिटेज भेरिएन्ट २ रङमा, हेरिटेज प्रिमियम भेरिएन्ट १ रङमा, सिग्नल भेरिएन्ट १ रङमा, डार्क भेरिएन्ट २ रङमा र टप स्पेक मोडेल इमराल्ड भेरिएन्ट २ रङमा उपलब्ध हुने भएको छ ।

कम्पनीले भारतीय बजारमा नयाँ क्लासिक ३५० बाइक बिक्रीका लागि ल्याएको जनाएको छ । नयाँ क्लासिक ३५० को प्रारम्भिक मूल्य १ लाख ९९ हजार ५०० भारु तोकिएको छ । बाइकमा ३५० सीसी इन्जिन जडान गरिएको छ । जुन पहिले पनि यथावत् थियो ।

यसको नयाँ क्लासिक ३५० को डिजाइन र लुक पहिलेको जस्तै धेरै हदसम्म मिलेको छ । कम्पनीले बाइकको ड्रम भेरिएन्ट बन्द गरेको छ । रोयल इन्फिल्डले सो बाइकको इन्जिनमा कुनै परिवर्तन गरेको छैन । बाइकमा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर ‘जे’ सिरिज इन्जिन रहेको छ । सो इन्जिनले २०.२ एचपी पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ भने यसको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको कम्पनीले जनाएको छ ।

Logo