पानी उद्योगहरु घाटामा गएको उद्योगीहरुको गुनासो

पानी उद्योगहरु घाटामा गएको उद्योगीहरुको गुनासो

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । नेपाल बोटल वाटर संघले सिल खोलेको उपभोक्ताहरुले आफैले गर्दा आएका समस्याहरुको लागि पनि पानी उद्योगी कारवाहीमा पर्नुपरेको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सिलवन्द पानीको कैफियत त्रुटीको जिम्मेवारी उद्योगीले लिनु पर्ने भएता पनि सिल खोलिएको वोटल, जारको पनि उद्योगी जिम्मेवार हुनु परेको जानकारी दिएका छन् ।

उनीहरुको भनाई, ‘उपभोक्तावाट पानीको खाली जारमा विभिन्न प्रकारका अखाद्य सामान जस्तै डिजेल, मट्टितेल, जाँड रक्सी राख्ने, पानी राख्ने डिस्पेन्सर सफा नगर्ने, वर्षातको पानी भर्ने कार्यले गर्दा विभिन्न समस्या आइपर्ने देखिएको छ । सिलवन्द पानीको कैफियत त्रुटीको जिम्मेवारी उद्योगीले लिनु पर्छ तर यहाँ सिल खोलिएको वोटल, जारको उद्योगी जिम्मेवार हुनु नपर्ने भएता पनि सिल खोलेको पानीको मात्र उजुरीलाई महत्व दिई सुचना सम्प्रेशण गर्दा निर्दोसी पानी उद्योगी कारवाहीमा पर्ने अवस्था छ ।’

साथै, विचौलियाको चरम खेलबाडले गर्दा लागत मुल्य टिकाउन नसकि अत्यधिक घाटामा उद्योग संचालन गर्नु परिरहेको र उद्योगीहरु उद्योग बन्द गरी पलायन हुनु पर्ने परिस्थितिलाई ध्यानमा राखी पानी उद्योगीहरुको उद्योग वचाउ अभियानमा पनि सुरु गर्न लागेको पनि जानकारी गराइएको छ ।

Skip This
Skip This
Logo