घाटामा पानी उद्योग

घाटामा पानी उद्योग

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाल बोटल वाटर संघले सिल खोलेको उपभोक्ताहरूले आफैँले गर्दा आएका समस्याहरूको लागि पनि पानी उद्योगी कारबाहीमा पर्नुपरेको गुनासो गरेका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सिलबन्द पानीको कैफियत त्रुटिको जिम्मेवारी उद्योगीले लिनुपर्ने भए तापनि सिल खोलिएको बोटल, जारको पनि उद्योगी जिम्मेवार हुनुपरेको जानकारी दिएका छन् ।

उनीहरूले ‘उपभोक्तावाट पानीको खाली जारमा विभिन्न प्रकारका अखाद्य सामान जस्तै डिजेल, मट्टितेल, जाँडरक्सी राख्ने, पानी राख्ने डिस्पेन्सर सफा नगर्ने, वर्षातको पानी भर्ने कार्यले गर्दा विभिन्न समस्या आइपर्ने देखिएको छ । सिलबन्द पानीको कैफियत त्रुटिको जिम्मेवारी उद्योगीले लिनुपर्छ । तर यहाँ सिल खोलिएको बोटल, जारको उद्योगी जिम्मेवार हुनुनपर्ने भए तापनि सिल खोलेको पानीको मात्र उजुरीलाई महत्त्व दिई सूचना सम्प्रेशण गर्दा निर्दोष पानी उद्योगी कारबाहीमा पर्ने अवस्था रहेको’ बताएका छन् ।

साथै, बिचौलियाको चरम खेलबाडले गर्दा लागत मूल्य टिकाउन नसकी अत्याधिक घाटामा उद्योग सञ्चालन गर्नु परिरहेको र उद्योगीहरू उद्योग बन्द गरी पलायन हुनुपर्ने परिस्थितिलाई ध्यानमा राखी पानी उद्योगीहरूको उद्योग बचाऊ अभियान पनि सुरु गर्न लागेको जानकारी गराइएको छ ।

Logo