एक करोड खर्चेर फोहर व्यवस्थापन

एक करोड खर्चेर फोहर व्यवस्थापन

केन्द्रबिन्दु
42
Shares

बागलुङ । बागलुङ नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन प्रारम्भ भएको छ । नगरपालिकाका निम्ति चुनौती बनेको फोहर व्यवस्थापन अब घरबाट नै वर्गीकरण गरी प्रशोधनको प्रबन्ध गरिएको छ ।

‘जिरो वेस्ट’ प्रविधिबाट फोहरलाई व्यवस्थापन गर्न नगरपालिकाले रु एक करोड लागतको योजनामा धमाधम काम गरिरहेको छ । नगरपालिकाले ‘क्लिन बागलुङ’ परियोजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले बागलुङ बजारमा १५ हजार फोहर सङ्कलन गर्ने तीनथरि रङका बाल्टी वितरण गर्न थालेको छ भने सोही रङकै सवारीसाधन तयारी अवस्थामा राखिएको छ । कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहरको छुट्टाछुट्टै व्यवस्थापन गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताए ।

Skip This
Skip This
Logo