विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न स्थापित राहत कोषमा जुट्न थाल्यो रकम

विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न स्थापित राहत कोषमा जुट्न थाल्यो रकम

केन्द्रबिन्दु
140
Shares

झापा । विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न बिर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।

विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले रु एक करोडको अक्षयकोष बनाउने निर्णय गरेको थियो । सङ्घमा पाँच हजार ६ सय ६२ जना सदस्य आवद्ध छन् । सङ्घका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा रु एक लाख ११ हजार एक सय ११ दाखिला गरेको सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए ।

हालसम्म रु आठ लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाटलगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको छ ।

“कार्यालयमा आएर कतिपयले सहयोग गरिरहनुभएको छ”, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भने, “पाँच हजारभन्दा धेरै सदस्य हुनुहुन्छ । उहाँहरू यतिबेला कोष बन्ने कुराले उत्साही हुनुहुन्छ । सबैले अलिअलि सहयोग गर्नुभयो भने कोषमा रु एक करोड सहजै जुट्नेछ ।”

Skip This
Skip This
Logo