बैंकहरूबाट १ खर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

बैंकहरूबाट १ खर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भएपछि नेपाल राष्ट्र बैंकले आज १ खर्ब निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलनको उपकरणमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार यो रकमको साँवा तथा ब्याज भुक्तानी असोज १३ गते गरिनेछ । बैंकहरूमा अहिले ७ खर्बभन्दा बढी रकम कर्जा लगानीका लागि रहेकाले रकम सङ्कलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । कर्जाको माग नभएपछि बजारको सन्तुलन कायम गर्न राष्ट्र बैंकले बेलाबेला निक्षेप सङ्कलन गर्दै आएको छ ।

9.-DC_Issue-Notice-2081.05.23

Logo