दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक, ६०% सम्मको फ्ल्यास सेल छुट

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक, ६०% सम्मको फ्ल्यास सेल छुट

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६०% सम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भौचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । भदौ २४ देखि २६ गतेसम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

यस ९.९ बार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरूमध्ये एकको रूपमा खरीदकर्ताहरूले न्यूनतम मूल्य रु.४ सय ९९ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गरी “फ्री डेलिभरी“ भौचरहरू सङ्कलन गर्न सक्नेछन् ।

साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधिभर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६०% सम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् । त्यसैगरी, दराज एपमा दैनिक रुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरुको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहने पनि कम्पनीले जानकारी दिएको छ ।

Logo