सिद्धार्थ बैंकका ग्राहकहरूलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

केन्द्रबिन्दु
770
Shares

काठमाडौँ । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रालि (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाइँ सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

Logo