एनआईसी एशिया बैंकद्वारा खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई आग्रह

एनआईसी एशिया बैंकद्वारा खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई आग्रह

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न ग्राहकलाई अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८ बमोजिम सरकारद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकको पोर्टल ‘प्यानअपडेट डट एनआईसी एशिया बैंक डटकम’ वा मोबाइल बैंकिङ्ग एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो ।

बैंकको पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नका लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको छ ।

उक्त प्यान अद्यावधिक भएपश्चात् ग्राहकको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।

Logo