माइडियाको दशैँ अफरः ‘बाइ, वीन एण्ड फ्लाइ’ अन्तर्गत थाइल्यान्ड टुर

माइडियाको दशैँ अफरः ‘बाइ, वीन एण्ड फ्लाइ’ अन्तर्गत थाइल्यान्ड टुर

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले आगामी दशैँँ, तिहार र छठलाई लक्षित गरी विशेष अफर ल्याएको छ । कम्पनीले चाडपर्वलाई लक्षित गरेर ‘बाइ, वीन एण्ड फ्लाइ’ अफर अन्तर्गत थाइल्यान्ड टुरको अफर ल्याएको हो । जसअन्तर्गत बम्पर उपहारमा दुईजनालाई थाइल्याण्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६ हजार ५०० सम्म क्यासब्याक र माइडिया ब्रान्डको विभिन्न घरायसी सामान किन्दा पक्का उपहार समावेश गरिएको छ ।

हरेक ग्राहकले माइडियाका विभिन्न उत्पादनहरूमा रेफ्रिजरेटर, वासिङ मेसिन, डिसवासर, एसी, राइसकुकर र अन्य घरेलु उपकरणहरू खरीद गर्दा ठूलो छुट पाउने छन् । जसबाट उपभोक्ताहरूले ४६ हजार ५०० रुपैयाँसम्मको ठूलो बचत गर्न सक्नेछन् ।

साप्ताहिक पुरस्कारमा हरेक हप्ता भाग्यशाली ग्राहकले मिक्सर ग्राइन्डर जित्न सक्नेछन् । यो अफरमा फ्रन्ट लोड वासिङ मेसिन (२०० सिरिज) खरीद गर्ने ग्राहकले माइडिया राइसकुकर पाउनेछन् भने फ्रन्ट लोड वासिङ मेसिन (१०० सिरिज) खरीद गर्दा २ केजी एरियल डिटरजेन्ट प्राप्त हुनेछ । यस्तै, रेफ्रिजरेटर खरीद गर्ने ग्राहकलाई निःशुल्क टोस्टर प्राप्त हुनेछ । डिसवासर खरीद गर्ने ग्राहकलाई निःशुल्क दुईवटा डिसवासर किट प्राप्त हुने बताइएको छ ।

यो योजनाअन्तर्गत भाग लिन ग्राहकले माइडिया उत्पादनहरू खरीद गरेर ‘थाइल्यान्ड टूर फर कपल’ जित्न सक्नेछन् । विजेता जोडीलाई रोमाञ्चक थाइल्यान्ड भ्रमणको अवसर प्रदान गरिनेछ ।

यस योजनाले माइडियाका गुणस्तरीय घरेलु उपकरणहरूलाई अझ किफायती बनाउँदै उपभोक्ताहरूलाई दशैँको अवसरमा विशेष लाभ दिने उद्देश्य राखेको छ । यो अफर नेपालभरका माइडियाका डिलरहरू र शोरूमहरूमा लागू हुनेछ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, डिसवासर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, चिम्नी, गिजर, वाटर डिस्पेन्सेर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताका लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

Logo