सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम

सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएकोमा बुधबार रु १००० बढेर तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएकोमा बुधबार बढेर १ हजार ७८० रुपैयाँ कायम भएको हो । अन्तरराष्ट्रिय बजारमा नै निरन्तर मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको बताइएको छ ।

Logo