केन्ट आरओ वाटर प्युरिफायरको दशैँ–तिहार विशेष अफर सार्वजनिक

केन्ट आरओ वाटर प्युरिफायरको दशैँ–तिहार विशेष अफर सार्वजनिक

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । यसपालिको दशैँ र तिहारलाई लक्षित गरी सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको नेपालमा केन्ट उत्पादनहरूको एकमात्र आधिकारिक वितरक ईओएल प्रालिले विशेष ग्राहक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत केन्टका आरओ वाटर प्यूरिफायरहरू खरीद गर्ने ग्राहकहरूले सीजी ब्राण्डको १.८ लिटर इलेक्ट्रिक केटल उपहार स्वरूप पाउनेछन् ।

‘यो दशैँ–तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौँ’ नारासहित प्रस्तुत गरिएको यस योजनाले नेपाली परिवारहरूलाई स्वच्छ र शुद्ध पानी पिउने स्वस्थ जीवनशैलीको महत्त्वलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको जनाइएको छ ।

केन्टका उत्पादित आरओ प्यूरिफायरहरूले शतप्रतिशत शुद्ध पानी मात्र प्रदान नगरी आवश्यक खनिज पदार्थहरू पनि कायम राख्छन् । साथै, प्यूरिफायरमा रहेको यूभी इन ट्याङ्क र डिजिटल प्योयरिटी डिस्प्लेले शुद्धताको गुणस्तरको बारेमा सुनिश्चितता दिने कम्पनीले जनाएको छ ।

भदौ २३ शुरु भएको यो अफर सीमित अवधिका लागि उपलब्ध हुनेछ र सम्पूर्ण नेपालभर लागू हुने बताइएको छ । । यो योजना केन्टका सबै आरओ मोडेलमा लागू गरिएको छ । जसमा केन्ट ग्रान्ड प्लस, केन्ट पर्ल र केन्ट ग्रान्ड स्टारजस्ता मोडेलहरू समावेश छन् ।

केन्ट ब्राण्डका अन्य उत्पादनहरू जस्तै एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि नेपाली बजारमा निकै लोकप्रिय छन् ।

Logo