लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरूका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा पुर्‍याउँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनको लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौँको तीनकुनेमा अवस्थित छ । सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज ब्रान्ड केईको सर्भिस हुने जनाएको छ । केईको शोरुम नक्शाल भाटभटेनीमा सञ्चालनमा आइसकेको छ ।

हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीका लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो । सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेकजाँच गर्ने उपकरण जस्तैः हाइभोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ ।

सेन्टरका सबै प्राविधिकहरू इभी सर्टीफाइड दक्षता हासिल गरेका छन् । सर्भिस सेन्टरमा ईभी चार्जिङ्ग पोइन्ट, यथेष्ठ पार्किङ्ग सुविधा र ६ वटा गाडी एकैसाथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस वेहरू जडान गरिएको छ ।

Logo