टाटा पन्च ईभीको सयबढी युनिट डेलिभरी, रिजनल लन्च बिर्तामोडबाट सुरु

टाटा पन्च ईभीको सयबढी युनिट डेलिभरी, रिजनल लन्च बिर्तामोडबाट सुरु

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग प्रालिले यस वर्षको नाडा अटो शो २०२४ मा सार्वजनिक गरेको टाटा पन्च ईभीको १०० भन्दा बढी युनिट डेलिभरी गरेको छ । एक हप्तामै सो संख्यामा गाडी डेलिभरी गरिएको कम्पनीको भनाइ छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि हो ।

सिप्रदीका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिका अनुसार नाडाको पहिलो दिनमै १०० भन्दा बढी बुकिङ लिएर बिक्री सुरु भएको पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र अब कम्पनीको जिम्मेवारी बुकिङ गरेका ग्राहकलाई जति सक्दो छिटो गाडी डेलिभरी गर्ने रहेको छ । यसको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँका साथ सार्वजनिक गरिएको थियो । पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । यो गाडीले जीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । साथै, पन्च ईभीको रिजनल लन्च बिर्तामोडबाट पनि सुरु भइसकेको कम्पनीले जनाएको छ ।

Logo