दिगोको विद्युतीय गाडी भाडामा पाइने, ५ लाख सेक्युरिटी डिपोजिटका रूपमा जम्मा गर्नुपर्ने

दिगोको विद्युतीय गाडी भाडामा पाइने, ५ लाख सेक्युरिटी डिपोजिटका रूपमा जम्मा गर्नुपर्ने

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । विद्युतीय गाडीको उपभोग बढ्न थालेसँगै यसको प्रयोगमा पनि विविधता आएको छ । जसअनुसार व्यावसायिक विद्युतीय गाडी भाडामा पाइने भएको हो । नेपालमा विद्युतीय गाडी, चार्जिङ स्टेशन तथा अरू विद्युतीय पूर्वाधारसहितको प्रणालीमा काम गर्दै आइरहेको नेपालको अग्रणी संस्था दिगो सृबिट कम्पनीले नेपालमा व्यावसायिक विद्युतीय गाडी भाडामा दिन सुरु गरेको हो ।

सृबिटले गाडी घण्टा, दैनिक, हप्ता, महिना र वार्षिक रूपमा भाडामा लिन सकिने जनाएको छ । भाडामा दिन लागेको गाडी विगत ४ वर्षदेखि नेपालको सडकमा गुडिरहेको डिएफएसके ईसी ३६ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भाडाको अवधि ५ वर्षको हुनेछ भने भाडामा लिने व्यक्तिले भाडा सम्झौतामा हस्ताक्षर गर्दा ५ लाख रुपैयाँ सेकुरिटी डिपोजिटको रूपमा जम्मा गर्नुपर्ने हुन्छ । जुन रकम गाडी हस्तान्तरण गरिसकेपछि फिर्ता हुने कम्पनीले जनाएको छ । भाडामा दिन लागिएको गाडी प्रतिवर्ष अधिकतम ८० हजार किलोमिटर दौडन सक्ने सीमा छ । भाडामा लिनेले प्रत्येक महिना मासिक भाडाको रूपमा एक लाख २५ हजार (भ्याटसहित) तिर्नुपर्ने छ । तर सवारीसाधनको नियमित र तोकिएको मर्मत तथा सर्भिसिङ नेपालका सेवा केन्द्रबाट निःशुल्क गरिने जनाइएको छ । पार्टपूर्जाहरू फेर्नुपरेको अवस्थामा भने भाडामा लिने व्यक्ति स्वयंले खर्च बेहोर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भाडा अवधिको अन्त्यमा भाडामा लिने व्यक्तिले पहिले जम्मा गरेको सुरक्षा निक्षेपभन्दा बढी ५ लाख रुपैयाँ तिरेर गाडी आफ्नो नाममा नामसारी गराउन सकिने प्रावधान छ भने नामसारी गर्ने समयमा कम्पनीले गाडीको अवस्था हेरेर मूल्य निर्धारण गर्ने जनाइएको छ । यता बीमा, ब्लु बुक नवीकरण, रुट परमिट, कालो नम्बर प्लेटमा परिणत गर्ने खर्च भाडामा लिने व्यक्ति स्वयंमले बेहोर्नुपर्नेछ ।

Logo